२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २०० मत गणना भएको छ । आज दिउसो ३ बजेबाट सुरु भएको मतगणना जारी छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म १०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म पनि मतगणना हुन सकेको छैन ।भर्खरै सकिएको सर्वदलीय बैठकले दिउँसो ३ बजेपछि मात्र मतगणना सुचारु गर्ने सहमति जुटाएको स्थानीय विनोद धामीले बताए ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर-७ मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बैतडीमा जीप दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि लगिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । दुर्घटना घाइते भएका ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको उनले बताए ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
कैलालीमा ५९.७१ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार निर्वाचनको लागि तोकिएको समायवधिसम्म पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल तीन लाख १९ हजार ७७९ मत खसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
बाजुराको त्रिवेणी–७ मा गोली चलेको छ।मतदानको क्रममा गोली चल्दा एक जनाको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाउँका सुरेन्द्र ऐडी रहेका छन्।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
बझाङमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताका बीचमा विवाद हँदा प्रहरीले चलाएको गोली लागेर एक प्रहरी नै घाइते भएका छन्।बझाङको छबीस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा हवाई फायर गर्दा प्रहरी घाइते भएका हुन्।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
जिल्लाको त्रिवेणी नगरपालिका वडा न ७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा तीन जना स्थानीय घाइते भएका छन् ।२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
अछाम मंंसिर ४ । अछाममा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच आइतबार झडप भएको२०७९ मङि्सर ०४ गते आइतबार युग संवाददाता
आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान जारी छ ।यता सुदूरपश्चिममा पनि बिहान ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । यसैबिच नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका मतदान केन्द्रलाई लैङ्गिक समावेशी र अपाङ्गमैत्री बनाइएको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।२०७९ मङि्सर ०३ गते शनिबार युग संवाददाता
वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका –५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो ।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार गरिएको छ। बिहीबार कैलाली क्षेत्र नम्बर ४ का गठबन्धनका समानुपातिक तर्फका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार भएको हो।२०७९ मङि्सर ०१ गते बिहिबार युग संवाददाता
भारतसंग सीमा जोडिएका बैतडीको झुलाघाट नाका आजबाट तीन दिन बन्द हुने भएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि आज राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।२०७९ कार्तिक ३० गते बुधबार युग संवाददाता
बैतडीका उम्मेदवारहरुले चुनावी अभियान अन्तिमतिर पुर्याएका छन् । भोलि १ गते राती देखि मौन अवधि सुरु हुने भएपछि यहाँका उम्मेदवारले चुनावी अभियान अन्तिमतिर पुर्याका हुन् ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
कैलालीमा तिन दिन सिमानाका बन्द रहने भएका छन । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनकालागी भारतसँग जोडिएका सीमानाका तीन दिन बन्द हुने भएका हुन ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
धनगढीमा एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायले न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना हुने क्लिनिकल कानूनी शिक्षा कार्यक्रमको पूर्व सन्ध्यामा मङ्गलवार एक दिने क्लिनिकल कानुनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।२०७९ कार्तिक २९ गते मङ्गलबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ ।