बाजुरा प्रकरण : अझै उठेन चेतन र सञ्जीवको शव

युग संवाददाता     170 पटक पढिएको    

बाजुरा प्रकरण : अझै उठेन चेतन र सञ्जीवको शव

बाजुरा ।  बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन । मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी-७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो ।

सञ्जीवको शव नाट्यश्वरी विद्यालयमै रहेको छ भने चेतनको शव बयलपाटा अस्पतालमा रहेको छ । चेतन अनेरास्ववियूका स्थानीय नेता हुन् । उनको अछामको वयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 कांग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । सञ्जीवको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । सञ्जीवको मृत्युपछि आवेगमा आएका कांग्रेस कार्यकर्ताले चेतनलाई घरमा गएर कुटपिट गरेका थिए ।

मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनुसार शव उठाउन पहल भइरहेको मंगलबार यसको निकास आउने बताए ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.