गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

युग संवाददाता     17 पटक पढिएको    

गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

 


धनगढीः कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ।


शुक्रबार बिहान आएको बाढीले गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँदलाई बगाएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्र तिमिल्सिनाका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक फेला परेको हो भने साउँदको शव वनदेवी मन्दिर नजिक फेला परेको हो।


प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा एक्कासी आएको बाढीले महिलाजस्ता देखिने दुई जनालाई बगाएको जानकारी प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

दुवै महिला शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। त्यसक्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।



शुक्रबार २९, जेठ २०८३ ०५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal