श्रम स्विकृति विना रोजगारीमा जानेको संख्या धेरै

युग संवाददाता     42 पटक पढिएको    

श्रम स्विकृति विना रोजगारीमा जानेको संख्या  धेरै

 

धनगढी । धनगढीमा सुरक्षित आप्रवासन सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटीको आयोजना तथा सुरक्षित आप्रवासन परियोजनाको सहकार्यक्रमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

वैदेशिक रोजगारलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित बनाउनको लागि के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भनेर सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सुरक्षित आप्रवानको अवधारणा,कानुनी व्यवस्था तथा वर्तमान अवस्थाका बारेमा राजेन्द्रबिक्रम शाहीले प्रस्तुतिकरण गरेका थिए । उनले बैदेशिक रोजगारीका लागि हरेक वर्ष पाँच लाख बढी नेपालीले श्रम स्विृकति लिने गरेको बताए ।

सुदूरपश्चिम प्रदेशबाट बढीजसो रोजगारीका लागि भारत जाने भएकाले श्रम स्विकृति विना रोजगारीमा जानेको संख्या बढी रहेको बताए । उनले बढी जस्तो दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांक प्रस्तुत गरे ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका तालिम संयोजक विश्लेषक अर्जुन सुवेदीले सुरक्षित आप्रवासन सञ्चारकर्मीको भूमिकाका बारेमा प्रस्तुतिकरण राखेका थिए । त्यस्तै पुष्पराज उपाध्यायले सूचनाको मूलप्राहीकरण,पैरवी र संस्थागत सम्बन्धका बारेमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।



शुक्रबार ०८, जेठ २०८३ ०६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal