लैंगिक तथा यौनिक अल्पसंख्यक लक्षित  सञ्चारकर्मीको भूमिका विषयक छलफल

युग संवाददाता     41 पटक पढिएको    

लैंगिक तथा यौनिक अल्पसंख्यक लक्षित  सञ्चारकर्मीको भूमिका विषयक छलफल

 

धनगढी । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित समाचार सम्प्रेषण र सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रम गरिएको छ ।
लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघले आज धनगढीमा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा युरोपियन युनियनका शिव भण्डारीले युरोपियन युनियनले मानव अधिकार,लैंगिक समानता,सामाजिक समावेशीकरणका बारेमा काम गर्दै आएको बताए ।

उनले लैंगिक तथा यौनिक अल्पसंख्यकलाई संविधानले पहिचान दिएको भएपनि व्यवहारमा पहिचान हुन नसकेको बताए ।
उनले लैंगिक तथा यौनिक अल्पसंख्यकको सामाजिक तथा राजनीतिक जीवनमा अझै अवरोध रहेको बताए । उनले यो समुदायको अहिलेसम्म एकीन तथ्यांक समेत नभएको बताए ।

कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक महासंघकी मनिसा ढकालले लैंगिक तथा अल्पसंख्यक समुदायको हालको समग्र अवस्थाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा मलिना न्यौपानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हरेक क्षेत्रमा अथृपूर्ण सहभागिता हुन नसकेको बताइन् । उनले शिक्षामा हुने विभेदका कारण यो समुदायमा राजनीतिक चेतना समेत कमी भएको बताइन् ।

कार्यक्रममा सिम्रन शेरचनले मिडिया र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको आन्दोलनका बारेमा प्रस्तुतिकरण राखेकी थिइन् । उनले यो समुदायलाई माथि उठाउन मिडियाको भूमिका महत्वपूर्ण र अझ पनि मिडियाको अहम भूमिका रहने बताइन् ।
कार्यक्रमा विभिन्न सञ्चारमाध्यमका कार्यरत सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।



सोमबार १८, जेठ २०८३ ०५:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal