एमाले सुदूरपश्चिमका इन्चार्ज भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ

युग संवाददाता     186 पटक पढिएको    

एमाले सुदूरपश्चिमका इन्चार्ज भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ

धनगढी /  नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ । मंगलबार बिहान गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनालेज्यान मार्ने धम्की दिइएका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिका–१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका–२ बस्ने दिपेन्द्र बिकलाई पक्राउ गरिएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतिको नियन्त्रण राखिएको छ ।

उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्कि दिएको ओझाले बताए ।  २ जनाले भट्ट लाई घरमा नभेटेपछि सहयोगी हरुलाई भट्ट लक्षित गर्दै ज्यान मार्ने दिएका हुन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०७:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.