२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलाली-४ को मतगणना पुन: सुरु भएको छ ।अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि तीन घण्टा देखि मतगणना स्थगित भएको थियो । अहिले सहमति जुटिसकेकोले मतगणना सुरु भएको जनाएको छ ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (काँग्रेस) का उम्मेदवार बहादुर सिंह थापा विजयी भएका छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कैलालीको क्षेत्र नं.१ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै रहेको छ।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
दार्चुला प्रदेशसभा (१)मा नेपाली कांग्रेसका बिक्रमसिंह धामी निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार हरदेव जोशीलाई पराजित गर्दै धामी निर्वाचित भएका हुन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राखेका छन्। १५ हजार ३ सय ८१ मतगणना हुँदा साउद ३ हजार ६६ मतले अगाडि छन्।२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बरमा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले सात हजार भन्दा बढी मतले अग्रता लिएका छन्२०७९ मङि्सर ०७ गते बुधबार युग संवाददाता
बझाङमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेता ऐन बहादुर महरले अग्रता कायमै राखेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ४ मा अन्तत नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार बीर बहादुर बलायरले अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा नेकपा एमालेले शुरुवाती गणनामा अग्रता कायम गरेको छ ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टको अग्रता कायमै छ ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार बेल बहादुर रानाले एक हजार मतको अन्तरले अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ । मंगलबार बिहान गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनालेज्यान मार्ने धम्की दिइएका हुन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवाले अग्रता कायम गरेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा बल्ल मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामीपछि हुन नसकेको मत गणना बिहान १० बजेदेखि सुरु भएको हो ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ को क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलले अग्रता कायमै राखेका छन् । तीन हजार तीन सय १९ मत गणना हुदा रावलले एक हजार ५२ मत पाएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा दोब्बर मतले अग्रता कायम गरेका छन् ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाको दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलङ्गामा पुर्याइएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ को मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । दुई हजार दुई सय मत गणना हुदा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखक एक हजार ६६ मत सहित अग्रस्थानमा छ ।