सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

युग संवाददाता     270 पटक पढिएको    

सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

धनगढी ।  यही मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।  आइतबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको छ । प्रधानमन्त्री देउवाले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले जानकारी दिए ।

यससँगै सङ्घको टोलीले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई समेत दिएको छ ।निमन्त्रणा कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र संघका कोषाध्यक्ष अबु ओझाको पनि सहभागिता रहेको थियो । सुदूरपश्चिम महोत्सवको १६ औँ संस्करण यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।



सोमबार १२, मङि्सर २०७९ ०४:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.