मतान्तर बढाउदे कैलाली- ५ मा काँग्रेसका पन्त १९०२ मतले अगाडि

युग संवाददाता     141 पटक पढिएको    

मतान्तर बढाउदे कैलाली- ५ मा काँग्रेसका पन्त १९०२ मतले अगाडि

धनगढी / कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले मतान्तर बढाउदै लगेका छन् । पछिल्लो मतगणनाबाट पन्तले आफ्ना निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवा नारदमुनी रानालाई एक हजार ९०२ मतको अन्तरले उछिनेका छन् । पन्त स्वतन्त्र उम्मेदववार पुष्कर नाथ ओझा भन्दा झण्डै चार हजार मतले अगाडि छन्।

२८ हजार ४१२ मत गणना गर्दा काँग्रेसका पन्तले ९ हजार ४३० मत मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका नारद मुनी रानाले ७ हजार ५२८ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा (माछा) ले ३ हजार ४८७ मत  ल्याएका छन् ।



बिहिबार ०८, मङि्सर २०७९ ०१:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.