अवैध लागूऔषधसहित कैलालीमा दुई जना पक्राउ

युग संवाददाता     220 पटक पढिएको    

अवैध लागूऔषधसहित कैलालीमा दुई जना पक्राउ

धनगढी । कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



शनिबार १०, मङि्सर २०७९ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.