कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ

युग संवाददाता     202 पटक पढिएको    

कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा हातहतियार खरखजाना मुद्दाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो । अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो । तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।



सोमबार १२, मङि्सर २०७९ ०३:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.