२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
बैतडी जिल्लाको मेलौली नगरपालिकाले आज र भोलि गरी दुई दिन सार्वजनिक बिदा दिएको छ। मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरी दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौं फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।२०७९ कार्तिक २१ गते सोमबार युग संवाददाता
कैलालीमा मदिरा बिक्रि वितरणमा रोक लगाइएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आइतबार रातिदेखि मदिरा बिक्रि वितरणमा रोक लगाएको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रहेको चिसापानी मिनिरल वाटर कम्पनी प्रालिको एयर कम्प्रेसर ट्याङ्की पड्किदा एक जना मजदुर घाइते भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशभित्रका एक हजार एक सय ६१ मतदान स्थलमध्ये ३ सय ५२ अति संवेदनशील मानिएका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले दिएको जानकारी अनुसार ४ सय ४ मतदान स्थल संवेदनशील र चार सय पाँच स्थल सामान्य रहेका छन ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
चुनावी प्रचारप्रसारको सिलसिलामा गृह जिल्ला डडेल्धुरामा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबाडाको एक संयुक्त घरमा आगलागी भएको हो।२०७९ कार्तिक २० गते आइतबार युग संवाददाता
कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसानहरु अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि तरकारी खेतीमा लागेका छन्। यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताए ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
बैतडीको मेलौली नगरपालिका ६ की हरु भट्ट किशोरकिशोरीका माग पूरा गराउन वडा कार्यालय सम्म पुग्ने गरेकी छन् । किशोरकिशोरीका माग सहित योजना बनाएर उनले वडा कार्यालयमा बुझाइन् ।२०७९ कार्तिक १९ गते शनिबार युग संवाददाता
डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको सेती लोकमार्गअन्तर्गत चैनपुर–ताक्लाकोट सडक निर्माणलाई राजनीतिक दलले हरेक निर्वाचनमा चुनावी मुद्दा बनाउने गरेका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
दार्चुलामा चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेलबिसाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको से १ ज ६१८ नम्बरको जिपसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
बझाङमा अरिङ्गालको टोकाइबाट एक वालकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताए ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन् ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
आज बैतडीको पुर्चौडीको हाटस्थित राताशीला त्रिवेणी धाममा मेला लाग्दै छ । हरेक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने कफलखाना गिरेगडा मेला यस वर्ष पनि सुरु भएको हो।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।२०७९ कार्तिक १८ गते शुक्रबार युग संवाददाता
चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ।