बैतडीका उम्मेदवार अन्तिम समयमा चुनावी सेटिङ मिलाउन व्यस्त

युग संवाददाता     190 पटक पढिएको    

बैतडीका उम्मेदवार अन्तिम समयमा चुनावी सेटिङ मिलाउन व्यस्त

बैतडी । बैतडीका उम्मेदवारहरुले चुनावी अभियान अन्तिमतिर पुर्याएका छन् । भोलि १ गते  राती देखि मौन अवधि सुरु हुने भएपछि यहाँका उम्मेदवारले चुनावी अभियान अन्तिमतिर पुर्याका हुन् ।

मंसिर ४ मा हुने प्रतिनिधि र  प्रदेश सभा निर्वाचनका लागि  अहिले उम्मेदवारहरु मतदातालाई रिझाएर विजयी हासिल गर्न सबै प्रयास थालिरहेका छन् । उम्मेदवारहरु  मत माग्न गाउँमै रहेका छन् । अहिले  उम्मेदवारहरु आफ्ना  बचाउने र अरुको मत खोस्ने रणनीतिमा जुटेका छन् । भोलि रातीबाट मौन अवधि सुरु हुने भएपछि  घरदैलो र चुनावी कार्यक्रममा व्यस्त रहेका उम्मेदवाहरुले बताएका छन् ।

उम्मेदवारहरुले अहिले  एकै दिनमा तीनचार वटा कार्यक्रममा समेत सहभागी हुने गरेका छन् । चुनाव आउन ४ दिन मात्र बाँकी रहेकाले गाउँगाउँमा रहेर मतदातासँगको भेटघाट तीव्र पारिएको एमालेका नेताहरुले ने बताए । सत्ता  गठबन्धनले भेटघाट र सभामा ध्यान दिएको माओवादी केन्द्रका जिल्ला संयोजक संकर भण्डारीले बताए ।

यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी राप्रपा, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रममा व्यस्तता बढेको  बताएका छन् । राजनितीक दलका नेता र उम्मेदवार अन्तिम समयमा चुनावी सेटिङ मिलाउन व्यस्त रहेका छन् । अहिले उम्मेदवारलाई दैनिक चुनावी कार्यक्रम सम्पन गर्न भ्याइनभ्याइ छ ।



बुधबार ३०, कार्तिक २०७९ १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.