धनगढीमा एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

युग संवाददाता     195 पटक पढिएको    

धनगढीमा एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

धनगढी । धनगढीमा  एक दिने क्लिनिकल कानूनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायले न्यायमा पहुँच बढाउने उद्देश्यले आयोजना हुने क्लिनिकल कानूनी शिक्षा कार्यक्रमको पूर्व सन्ध्यामा मङ्गलवार एक दिने क्लिनिकल कानुनी शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

क्लिनिकल कानुनी शिक्षाको आवश्यकता र प्रभावकारिताको बारेमा कैलाली बहुमुखी क्याम्पसमा विएएलएलवी तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूलाई सिकाइएको छ । कैलाली जिल्ला अदालतका माननीय न्यायाधीश विष्णु प्रसाद अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कानुन संकायका डिन कर्ण थापा , अधिवक्ताहरू ठेकेन्द्र जोशी, पुष्प साही  , युएन डिपीका प्रतिनिधि टेक ताम्राकार लगायतले सो कार्यक्रममा आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

कानुनी शिक्षाको आवश्यकता र शिक्षा हासिल गरेपछि समाजलाई गर्नु पर्ने योगदानका बारेमा विद्यार्थीहरूलाई सिकाइएको कानुन संकायका डिन थापाले बताए । विद्यार्थीहरूलाई सैद्धान्तिक सँगै प्रयोगात्मक ज्ञान र सिपको विकास गर्ने उद्देश्यका साथ क्लिनिकल कानूनी शिक्षा सम्बन्धी कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयले नेपाल सरकारको कानुन तथा संसदीय मामिला मन्त्रालयको आर्थिक सहयोगमा युएन डिपी सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । 

एकीकृत कानुनी सहायता कार्यान्वयन र सुदृढीकरण गर्ने, विद्युतीय न्याय, सुशासनको थालनी र परीक्षण, कानुन कार्यान्वयन, देवानी र फौजदारी न्याय प्रणालीमा सुदृढीकरण, न्यायिक समितिलाई सहयोग, र मानव अधिकार कार्यान्वयन, महिला र सीमान्तकृत समुदायलाई कानुनी रुपमा सशक्तीकरण, विभेद र लिङ्गमा आधारित हिंसाका सम्बन्धमा कानुनी सेवा प्रदान गर्नाका साथै ती विषयमा निःशुल्क कानुन व्यवसायी पनि उपलब्ध गराउने कार्यक्रम हो । सो कार्यक्रम त्रिभुवन विश्वविद्यालय , मध्य पश्चिमाञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्व विद्यालय लगायतका विश्व विद्यालयमा सञ्चालनमा रहेका छन् ।



मङ्गलबार २९, कार्तिक २०७९ ०३:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.