डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते

युग संवाददाता     163 पटक पढिएको    

डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते

डोटी । डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा निर्वाचन अधिकृत घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका –५ अत्तरकाँडामा बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो । सो दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले जानकारी दिए । 
बडीकेदार गाउँपालिका –५ मार्काेटमा रहेको मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेर सिलगढीबाट हिँडेको जिप दुर्घटना भएको हो ।
जिपको ब्रेकफेल भएर दुर्घटना भएको बताइएको छ । जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेका थिए । जिपमा रहेको निर्वाचन सामग्री सुरक्षित रहेको प्रहरीले जनाएको छ । निर्वाचन सामग्री र कर्मचारीलाई अर्को गाडीमा गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।



बिहिबार ०१, मङि्सर २०७९ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.