भूकम्पको धक्काले घर भत्किंदा डोटीमा तीन जनाको मृत्यु

युग संवाददाता     133 पटक पढिएको    

भूकम्पको धक्काले घर भत्किंदा डोटीमा तीन जनाको मृत्यु
उद्धार गरिदैं ।

धनगढी । सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ ।
पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित स्थानीयको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो ।

उनले मृतकको संख्या अझ बढ्न सक्ने भन्दै कम्तीमा पाँच जनाको ज्यान गएको बताए । अन्य घाइतेको उद्धार जारी रहेको अध्यक्ष उपाध्यायले जानकारी दिए । ‘स्थानीय उद्धारमा खटेका छन् । सेना, प्रहरी पनि पुगिसकेको छ । थप विवरण बुझ्ने कार्य जारी रहेको छ ।’ अध्यक्ष उपाध्यायले भूकम्पका कारण धेरै घरहरु भत्किएको बताए । 
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड बाबाको आश्रम केन्द्रबिन्दु बनाएर राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार रातिमात्रै पनि डोटीमै केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।



बुधबार २३, कार्तिक २०७९ १२:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.