भारतसंग सीमा जोडिएका बैतडीको झुलाघाट नाका आजबाट तीन दिन बन्द हुने

युग संवाददाता     121 पटक पढिएको    

भारतसंग सीमा जोडिएका बैतडीको  झुलाघाट नाका आजबाट तीन दिन  बन्द हुने

बैतडी  । भारतसंग सीमा जोडिएका बैतडीको  झुलाघाट नाका आजबाट तीन दिन  बन्द हुने भएको छ । प्रतिनिधि र  प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि आज  राती १२ बजे  देखी सीमा नाका तीन दिन बन्द  हुने जिल्ला प्रशासन कार्यालय बैतडीले  जनाएको  छ ।

आज  राती १२ बजे देखि मंसिर ४ गते राती  १२ बजे सम्म झुलाघाट नाका  बन्द रहने  प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको उनले बताए । चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गरी बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरीले गस्ती बढाएको छ भने जिल्लामा २५ सय सुरक्षाकर्मी निर्वाचन स्थलहरुमा खटाइएका बताइएको  छ । 



बिहिबार ०१, मङि्सर २०७९ ०६:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.