कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पक्राउ

युग संवाददाता     175 पटक पढिएको    

कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा ३ किलो चरेससहित एक जना समातिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिँड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर-९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सोमबार २८, कार्तिक २०७९ ०३:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.