दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

युग संवाददाता     144 पटक पढिएको    

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।

आइतबार नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ ।जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले आरोप लगाएका दिए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए ।



आइतबार २७, कार्तिक २०७९ ०३:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.