रोजगारी सृजना गर्न एमालेको सरकार आवश्यक : भट्ट

युग संवाददाता     171 पटक पढिएको    

रोजगारी सृजना गर्न एमालेको सरकार आवश्यक : भट्ट

धनगढी। पूर्व मन्त्री एवम् नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले रोजगारी सृजन गर्न मुलुकमा एमालेको सरकार बन्न आवश्यक रहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रको गोदावरी नगरपालिकामा घरदैलो गर्दै उनले यस्तो बताएका हुन । उनले एमालेको नीति देशमा उद्योग स्थापना रोजगारी प्रदान गर्ने रहेको जिकिर गरे ।

यसअघि नै एमालेको सरकार हुँदा मुलुकको विभिन्न ठाउँमा उद्योगको शिलान्यास गरिसकेको बताउँदै उनले गठबन्धन सरकार जनताको सुखीका दिन देख्न नसकेर सबै योजना रोकेको बताए ।

काठमाडौँ र सुदूरपश्चिमको शैक्षिक गुणस्तर एउटै बनाउन शिक्षा क्षेत्रका सङ्घसंस्था र राजनीतिक दल एक ठाउँमा बस्नु पर्ने बताए । उनले संस्थागत र निजी विद्यालयको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

अव्यवस्थित बसोबासी, सुकुम्वासी र भूमिहीनको व्यवस्थापनका लागि एमाले पार्टी सरकारको नेतृत्व गर्न आवश्यक रहेको उनको भनाइ थियो । 



मङ्गलबार २२, कार्तिक २०७९ ०३:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.