सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार

युग संवाददाता     135 पटक पढिएको    

सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार

धनगढी  । कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार गरिएको छ। बिहीबार कैलाली क्षेत्र नम्बर ४ का गठबन्धनका समानुपातिक तर्फका उम्मेदवारको गाडीमाथि ढुंगा प्रहार भएको हो।

प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित चौकिडाँडामा राष्ट्रिय जनमोर्चा पार्टीका नन्दराज भट्टको गाडीमाथि आज बेलुकी ढुंगा प्रहार भएको हो । भट्टको गाडीमा ढुंगा प्रहारबाट सिसामा क्षति पुगेको छ। ६८६ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले ढुंगा प्रहार गरेको भन्दै निवेदन परेको र उनीहरुको खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।



बिहिबार ०१, मङि्सर २०७९ ०३:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.