धनगढीमा नागरिक उन्मुक्ति पार्टीको ढकिया –याली

युग संवाददाता     169 पटक पढिएको    

धनगढीमा नागरिक उन्मुक्ति पार्टीको ढकिया –याली

धनगढी । नागरिक उन्मुक्ति पार्टीले चुनावी प्रचारप्रसार अन्तर्गत आज धनगढीमा ढकिया ¥याली प्रदर्शन गरेको छ । 
सो पार्टीले शक्ति प्रदर्शनको रुपमा नाचगानसहित ढकिया ¥याली प्रदर्शन गरेको हो 

पिँध भएको ढकिया सो पार्टीको चुनाव चिन्ह हो । ¥यालीमा सहभागीले आ–आफ्नो मौलिक पहिरनसहित टाउकोमा ढकिया बोकेका थिए । धनगढीको मोती चौकबाट सुरु भएको ¥याली धनगढी नगर परिक्रमा गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका लक्ष्मण थारुको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । प्रदेशतर्फ भने नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार चुनाव लडिरहेका छन् । 



आइतबार २७, कार्तिक २०७९ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.