भूकम्प पीडितलाई राहत सामाग्री वितरण

युग संवाददाता     105 पटक पढिएको    

भूकम्प पीडितलाई राहत सामाग्री वितरण

डोटी । डोटीका भूकम्प पीडितलाई राहत जुट्दै गइरहेको छ । आइतबार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ एनआरएनको आयोजनामा भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी  बराबरको राहत सामाग्री सहयोग गरिएको छ ।

जिल्ला विपत  व्यवस्थापन समिति मार्फत तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको हो । यसअघि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।

यसअघि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो । गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए। भने एक दर्जन घाइते भएका थिए । 



आइतबार २७, कार्तिक २०७९ ०४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.