बाजुराको बुढीनन्दा–५ मा आज पुनः मतदान सुरु

युग संवाददाता     306 पटक पढिएको    

बाजुराको बुढीनन्दा–५ मा आज पुनः मतदान सुरु

बाजुरा । गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान आज बिहान ७ बजेबाट सुरु भएको लागेको जानकारी दिए ।

यो केन्द्रमा ९९९ जना मतदाता छन् ।बाजुराका अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बुढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो । एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन् ।

उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

 त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ ।  



शनिबार १०, मङि्सर २०७९ ०३:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.