बाजुरामा कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव आज उठाइने

युग संवाददाता     744 पटक पढिएको    

बाजुरामा  कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव आज उठाइने

बाजुरा  । मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका चेतन अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।

निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ। 

 



सोमबार १२, मङि्सर २०७९ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal