कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

युग संवाददाता     126 पटक पढिएको    

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

धनगढी । कैलालीको  क्षेत्र नं.१ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै रहेको छ। प्राप्त मत परिणाम अनुसार सो पार्टीले क्षेत्र नं १  मा निरन्तरता अग्रता लिइरहेको छ। क्षेत्र नं. १ मा पार्टीकी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठले मतान्तर फराकिलो बनाउँदै लगेकी छन्। उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेस केन्द्रिय सदस्य पूर्वमन्त्री रामजनम चौधरीलाई ६ हजार ६२ मतले पछि पारेकी छन्।

अहिलेसम्म गणना भएको ३१ हजार ९५४ मतमा श्रेष्ठले १४ हजार ९१४ र चौधरीले ८ हजार ८५२ मत पाएका छन्। नेकपा एमालेका तपेन्द्रबहादुर रावल ३ हजार १६३ मतका साथ तेस्रो स्थानमा छन्। कुल १ लाख ७ हजार ६७२ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो।



बुधबार ०७, मङि्सर २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.