दार्चुलामा मतान्तर बढाउँदै बडू

युग संवाददाता     133 पटक पढिएको    

दार्चुलामा मतान्तर बढाउँदै बडू

दार्चुला । दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् ।

एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिएको छ । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाएका छन्  । यहाँ नेपाली नेकपा माओवादी केन्द्रले साथ दिएको छ । एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेश सभा क्षेत्र नम्बर (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् । गएको आइतवार भएको मतदानमा दार्चुलामा झन्डै ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



बुधबार ०७, मङि्सर २०७९ ११:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.