कैलाली ५ मा मतगणना सुरु

युग संवाददाता     138 पटक पढिएको    

कैलाली ५ मा मतगणना सुरु

धनगढी /  कैलाली निर्वाचन क्षेत्र नं. ५ मा बल्ल मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामीपछि हुन नसकेको मत गणना बिहान १० बजेदेखि सुरु भएको हो ।

यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो । नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन् । कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.