कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा काँग्रेसका लेखक निर्वाचित

युग संवाददाता     231 पटक पढिएको    

कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा काँग्रेसका लेखक निर्वाचित

कञ्चनपुर  / कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार रमेश लेखक निर्वाचित भएका छन् । लेखकले निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गरे । एमालेकी निरुदेवी पालले १८ हजार चार सय ४८ मत पाइन् । ९७ हजार आठ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार सात सय ५८ मत खसेको थियो । जसमध्ये ३ हजार छ सय ९९ मत बदर भएको थियो ।



बुधबार ०७, मङि्सर २०७९ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.