२०७९ साउन १४ गते शनिबार युग संवाददाता
दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस पढाउने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा १३२ केभी विधुत प्रसारणको सब–स्टेशन स्थापना हुने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
घरायसी विवादमा छोराले बुबालाई लौरोले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
अछाममा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने नयाँ इन्स्टिच्युट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित हसनपुरमा इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट कैलाली संचालनमा आएको हो।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कैलालीको कैलारी गाउँपालिका–४ मोहना नदी पारि रहेको मोहनपुर गाउँका विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
ह्विल चेयरको अभावमा कष्टकर जीवन बिताईरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका अपांगता भएका दुई जना व्यक्तिलाई काठमाण्डौं र अमेरिकामा बस्ने दुई जना मनकारी दाजुभाईले सहयोग गरेका छन् ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।२०७९ साउन ११ गते बुधबार युग संवाददाता
विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने भएको छ । त्यसको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढेको छ ।२०७९ साउन १० गते मङ्गलबार युग संवाददाता
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेका हुन ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रस्तावित सामुदायिक वन कालाकुण्डाको खाली जग्गामा सोमबार वृक्षारोपण गरिएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) बीच द्विपक्षीय सम्झौता भएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाताल भूमेश्वरसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा पाँच सय मिटर ढलान गरिएको पक्की बाटो निर्माण गरिएको हो ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।