२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो तथा देशभरीमै पाँचौ स्थान बनेको छ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।२०७९ साउन २० गते शुक्रबार युग संवाददाता
कैलालीको सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेर ५ मिनेटको समयमा मृत्यु भएको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया नदीको पुल जोखिममा परेको छ । बाढीले पुल सुरक्षित राख्न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
गरिबीको सूचकांक बढी रहेको बाजुराका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ । पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेको छ । पछिल्लो समय स्वदेशसहित भारतमा सङ्क्रमण बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको हो ।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर आउने भएका छन्।२०७९ साउन १९ गते बिहिबार युग संवाददाता
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा प्रदेश सभा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट बहुमतले पारित भएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुराका दुई जना गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ साउन १८ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
अनियमित विद्युत् कटौतीले बैतडीका सेवाग्राहीलाई हैरानी भएको छ । पछिल्लो समय यहाँ विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राहीलाई हैरानी भएको हो ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
आफ्नो खेतमा अवैध काठ लुकाएको पाइएपछि एक जना काठ व्यवसायी पक्राउ परेका छन् ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाइ लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
सङ्घीय सरकारमार्फत कैलालीमा निर्माण भइरहेका राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुको प्रगति न्यून रहेको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७३ जनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र रु यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
कैलालीको अत्तरियामा ट्याङकर दुर्घटनामा परेको छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।