२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
झापामा एक जनाले भतिजलाई गोली हानेर ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–८ का ३५ वर्षका जीवन शाहको मृत्यु भएको हो ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् ।२०७९ कार्तिक ०२ गते बुधबार युग संवाददाता
आज २०७९ साल कात्तिक २ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेपालबाट ठूलो मात्रामा अम्रिसोको कुचो निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै नेपालले कुचो निर्यात गरेर ९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाइभ डीबेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफु लाइभ डीबेट लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले एक रजत र एक कांस्य पदक प्राप्त गर्दा सेनाले तीन रजत र दुई कांस्य पदक प्राप्त गरेको छ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
चालू आर्थिक वर्षको तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षा यामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
सल्यानको सिद्धकुमाख गाउँपालिका १ हामपालमा अरिङ्गालको टोकाइबाट आमा छोरीको मृत्यु भएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलन प्रतियोगितामा सुदूरपश्चिमले स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा भएको पुरुष ७३ केजी तौल समूहमा सुदूरपश्चिमका हेमन्त पालले स्वर्ण जितेका हुन् ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस-२ कोइला बस्ती (हालको घोराही उपमहानगरपालिका(१९) बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्रहरु निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र छन् ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
आसन्न निर्वाचनमा सर्वाधिक मतान्तरले जित सुनिश्चित पार्न बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर १ मा संयुक्त रूपमा चुनावी कार्यक्रमलाई तीव्र बनाएको छ ।२०७९ कार्तिक ०१ गते मङ्गलबार युग संवाददाता
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नेपाली सेनाका एक जना हुद्दा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान भुवन पुडासैनी काठमाडौंको गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले लोकपथलाई जानकारी दिए ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
कैलालीका एक युवाले इलोक्ट्रोनीक मोटरसाइकलको आविष्कार गरेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं ५ जाइमा बस्ने १६ वर्षीय सोहन कैनीले इलोक्ट्रोनीक मोटर साइकलको आविष्कार गरेका हुन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए ।