विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल

युग संवाददाता     637 पटक पढिएको    

विश्वकप फुटबलमाा ब्राजिलको विजयी सुरुवात, रिचार्लिसनको दुई गोल

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।
पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गरेको हो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेका हुन् । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए ।


सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए । यद्दपी गोल भने हुन सकेन । समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।



शुक्रबार ०९, मङि्सर २०७९ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal