उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले हराउँदै सीके राउत विजयी

युग संवाददाता     144 पटक पढिएको    

उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले हराउँदै सीके राउत विजयी

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सीके राउत सप्तरी २ बाट विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जय प्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।यससँगै जनमत पार्टीले प्रतिनिधिसभामा खाता खोलेको छ भने मधेस आन्दालनबाटै उदाएका उपेन्द्रले पराजयको स्वाद चाखेका छन् ।



बुधबार ०७, मङि्सर २०७९ ११:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.