कांग्रेसले बोलायो मुख्यमन्त्री र प्रदेश नेतृत्वको बैठक

युग संवाददाता     29 पटक पढिएको    

कांग्रेसले बोलायो मुख्यमन्त्री र प्रदेश नेतृत्वको बैठक

 

काठमाडौँ । नेपाली कांग्रेसले आज आफ्ना मुख्यमन्त्रीहरू र प्रदेश नेतृत्वसँग महत्त्वपूर्ण छलफल गर्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने यस बैठकमा सातै प्रदेशका पार्टी सभापतिहरू र प्रदेश संसदीय दलका नेताहरूको सहभागिता रहनेछ। 

बैठकमा मुख्यगरी प्रदेश सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने र बढ्दो प्रशासनिक खर्च कम गर्न मन्त्रालयको सङ्ख्या घटाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ। हाल नेपाली कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको सन्दर्भमा यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रदेश सरकारहरूमाथि उठ्दै आएका प्रश्नहरूको सम्बोधन गर्न र पार्टीको नीतिअनुसार सुशासन कायम गर्न बैठकले ठोस दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।



आइतबार ०६, बैशाख २०८३ ०५:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal