‘को बन्छ करोडपति’मा करोड जितेका राजिव जैन भन्छन्— सगरमाथा चढेको अनुभूति भइरहेको छ
‘को बन्छ करोडपति’मा करोड जितेका राजिव जैन भन्छन्— सगरमाथा चढेको अनुभूति भइरहेको छ
फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’को जारी सिजन वानको ४१ औं श्रृखंलामा विराटनगरका राजिव जैन फास्टटेस्ट फिंगर फस्टमा नौ जना प्रतिस्र्धीलाई पछि पार्दै हट सिटमा बसे । ४१ औं श्रृंखलामा उनले १३ वटा प्रश्नको जवाफ मिलाउँदै २५ लाख जितेका थिए । हुटर बजेर उनी ४२ औं श्रृंखलामा पुगे । ४२औं श्रृंखलामा उनले बाँकी दुई १४औं र १५औं प्रश्नको पनि जवाफ मिलाएर को बन्छ करोडपतिको पहिलो सिजनमा करोड रुपैयाँ जित्ने पहिलो सहभागी बने । उनले सन् २००१ मा इन्डियाको ‘कौन बनेगा करोडपति’मा पनि खेल्ने प्रयास गरेका थिए । टप हन्ड्रेडमा छनोट भए पनि टप टेनमा परेनन् । परिणामः हट सिटमा बस्न पाएनन् । तर त्यो रहर उनले १८ वर्ष पछि पूरा गरे । र, करोड जितेर इतिहास पनि रचे । उनै राजिव जैनसँग बाह्रखरीका नरेश फुयाँलले ‘को बन्छ करोडपति’ खेल्दाको अनुभवका विषयमा गरेको कुराकानीः
‘को बन्छ करोडपति’मा एक करोड जित्ने पहिलो प्रतियोगी बन्नु भएको छ, कस्तो अनुभव गरिरहनु भएको छ रु
स्वाभाविक रुपमा रमाइलो अनुभव भइरहेको छ । हट सिटमा पुग्नु नै ठूलो कुरा थियो । त्यहाँ पुगेर करोड रुपैयाँ जित्नु झनै ठूलो कुरा थियो । जित्दै जाँदा एक करोडसम्म पुगिन्छ कि पुगिँदैन भन्ने एक्साइटमेन्ट थियो । त्यही संशय भइरहन्थ्यो ।
त्यो सिटलाई त्यसै हट सिट भनिएको हैन रहेछ । साँच्चै हट सिट नै हुँदोरहेछ । त्यो सिटमा बसेपछि मुटुको धड्कन ७२ बाट १२० पुग्न समय लाग्दोरहेनछ । त्यो दिनको एक्साइटमेन्टको बयान कुनै शब्दमा हुँदैन । सगरमाथा चढेको जस्तो भइरहेको छ ।
बम बम बम
जुन समय तपाईं ‘को बन्छ करोडपति’मा छनोट हुनुभयो, त्यो बेला करोड रुपैयाँ नै जित्छु भन्ने सोच्नु भएको थियो रु
को बन्छ करोडपतिका प्रायः सबै श्रृंखला हेर्थें । इन्डियाको ‘कौन बनेगा करोडपति’ पनि हेर्थें । कम्तिमा १०र१२ वटा प्रश्नसम्म चाँहि मिलाउँछु कि जस्तो लागेको थियो । तर जब म धेरै प्रयास गर्दा पनि छनोट भइन । त्यसपछि आस मरेको थियो । यो पटक पालो आउँदैन होला अर्को सिजनमा फेरि प्रयास गर्नुपर्ला भन्ने सोचेको थिएँ । तर केही दिनमै मलाई सय जनामा तपाईं पर्नु भयो भन्ने फोन आयो ।
त्यो बेलाको खुसी सम्झिन सक्नु हुन्छ रु
ठ्याक्दै दिन त याद त छैन तर करिब १५ दिन अगाडि हुनुपर्छ । अफिसमा एकाउन्टेन्ट भाइसँग छलफल गरिरहेको थिएँ । फोन आयो केबीसीबाट । तपाई टप हन्ड्रेडमा पर्नु भएको छ भनेर फोन आएको थियो । मलाई विश्वास नै लागेन । तपाईं के भन्दै हुनुहुन्छ भनेर दोहोर्याएर सोधेँ । हो म केबीसीबाटै हो भनेपछि म अक्क न बक्क भएँ । केही समयपछि मात्रै बल्ल कमिनिकेशन गरेको थिएँ । टप टेनमा पर्नु भयो भन्ने फोन आउँछ भन्नु भयो । मलाई त्यो क्षण कुर्न निकै कठिन भयो । भोलि फोन आउला कि नआउदा भन्ने तनाव भयो । मन नै विचलित भयो । मैले त्यो बेला ‘कौन बनेगा करोडपति’ सम्झिएँ । कौन बनेगा करोडपतिमा टप हन्ड्रेडमा परेर टप टेनमा परेको थिइनँ । त्यस्तै पो हुने होकी भन्ने डर लागेको थियो । भोलिपल्ट फोन आएपछि भाग्यले जुराएकै रहेछ भन्ने भयो ।
फास्टेस्ट फिंगर फष्टमा नौ जनालाई पछि पार्छु भन्ने पूर्ण विश्वास थियो रु
सबै एकसयएक नै हुनुहुन्थयो । तर यो अवसर हो । यसमा पनि मैले अरुभन्दा पहिला मिलाएर हट सिटमा पुग्न सकिन भने यो अवसर पनि गुम्छ भन्ने थियो । त्यसैले एउटा लेवलको आत्मविस्वास भने थियो ।
अघिल्ला श्रृंखलाहरु हेर्दा प्रश्न सजिलै छन् भन्ने लाग्थ्यो कि हैन गाह्रो छ भन्ने लाग्थ्यो रु
हेर्दाखेरी कति प्रश्न सजिलो जस्तो लाग्थ्यो, कति अफ्ठ्यारो लाग्थ्यो । तर अध्ययन गर्दैै जाँदा मिलाउन सकिन्छ भन्ने लाग्थ्यो । अध्ययन र योग्यताले मात्रै पुग्दोरहेनछ । भाग्यले पनि साथ दिनुपर्दोरहेछ । आफ्नो तयारी पनि हुनुपर्छ । त्यो दिनको भाग्यले कति साथ दिन्छ त्यसले पनि असर गर्दोरहेछ ।
केबीसीमा छनोटको खबर आएपछि यसकै लागि भनेर तयारी पनि गर्नु भएको थियो रु
छनोट भएपछि जनरल नलेज, केबीसीका पुराना श्रृंखला, के कस्तो विषयबाट प्रश्न सोध्छन् भनेर अध्ययन गरेको थिएँ । जनरल नलेज त पहिला स्कुल पढ्दा देखी नै रुची राख्ने भएकाले केही आउँथ्यो । यस्ता कार्यक्रममा सहभागी पनि हुन्थेँ । साथीहरुले मलाई क्इिज मास्टर भनेर बोलाउँथे ।
तपाईंलाई सोधे मध्ये अफ्ठ्यारो लागेको प्रश्न रु
सुरुसुरुका प्रश्न त सजिलै थिए । पछि केही अफ्ठ्यारा पनि थिए । क्रिकेटमा मेरो रुची भएकाले सजिलो लाग्थ्यो । तर हट सिटमा पुगेपछि नर्भस फिल भएकाले त्यसमा राजेश दाइलाई प्रश्न दोहोर्याएर सोधेको थिएँ । बुझेपछि मिलाएँ । कोकोकोलाको प्रश्न मैले पढ्दा केस स्टडी गरेकाले सजिलो भयो । मलाई सबैभन्दा गाह्रो प्रश्न नेपालको उच्च भागमा रहेको मानव बस्ती कुन हो रु भन्ने लागेको थियो । त्यो प्रश्न आउँदा यही नै मेरा लागि अन्तिम प्रश्न हो कि जस्तो पनि लागेको थियो । त्यसमै दुईटै लाइफलाइन पनि प्रयोग गर्नुपर्यो ।
१४औं र १५औं प्रश्न कत्तिको गाह्रो लागेको थियो रु
१४ औं प्रश्न हाम्रो तराईसँग र मैले गरेको केस स्टडीसँग पनि सम्बन्धित भएकाले सजिलो लागेको थियो । तर १५औं प्रश्न भने मलाई अलिकति अफ्ठ्यारो लागेको थियो ।
म केबीसीमा छनोट भइसकेपछि अध्ययन गरेको थिएँ । त्यो छोटो समयमा अध्ययन गर्दा सीमित सूचना नै पाइन्छ । त्यसैले १५औं प्रश्न मेरा लागि निकै कठिन थियो । क्विट गरौं कि भन्ने पनि मनमा आएको थियो । तर मैले पुरानो श्रृंखलामा म क्विट गर्ने मान्छे हैन भनेर भनेको थिएँ । त्यसैले भनिसकेको कुरा पूरा गर्नुपर्छ । त्यती त रिक्स लिनुपर्छ भनेर धेरै सोचेर विचार गरेर रिक्स लिन्छु भए पनि इतिहास नभए पनि इतिहास भनेर रिक्स लिएको थिएँ ।
एक करोडको प्रश्नको जवाफ मिलेको ग्रिन सिग्नल देख्दा दिमागमा के कुरा आएको थियो रु
पहिला त मुटुको धड्कन म आफ्नै कानले सुनिरहेको छु जस्तो भएको थियो । ७२ को हटविट नापेको भए १२५ कटेको थियो होला । रिक्स त लियो, बोल्न पनि बोलियो तर यसले ३ लाख २० हजारमै झार्ने हो कि भन्ने लागिरहेको थियो । साथीभाइहरुले यती त नगरेको भए पनि हुन्थ्यो भन्ने हुन् कि भन्ने पनि थियो । त्यो बेला समय निकै ढिलो बितिरहेको छ जस्तो लागेको थियो । बेला करोड जित्दा पहिला त आफन्तलाई सम्झिँदोरहेछ । मेरो बच्चा, श्रीमती, आमाबुवालाई नै सम्झिएँ ।
एक करोड जितेँ भने वल्र्ड टुरमा जान्छु भन्नु भएको थियो रु जानुहुन्छ रु
जान्छु । मेरो बच्चा, श्रीमती र मेरो सपना हो वल्र्ड टुर । अहिलेसम्म मेरो मनस्थिती परिवर्तन भएको छैन । र हुँदैन पनि होला । केही पैसा चाँही काका समाज सेवामा हुनुहुन्छ । उहाँलाई पनि सहयोग गर्छु । बाह्रखरीबाट साभार
प्रतिकृया दिनुहोस