धनगढीमा शनिवार बिहान साइकल र्‍याली, सहभागी बन्न मेयर हमालको अपिल

युग संवाददाता     22 पटक पढिएको    

धनगढीमा शनिवार बिहान साइकल र्‍याली, सहभागी बन्न मेयर हमालको अपिल

 

धनगढी / धनगढीमा कात्तिक २९ गते शनिबार साइकल र्‍याली हुने भएको छ। धनगढी उपमहानगरपालिकाले साइकल र्‍यालीको आयोजना गर्ने भएको हो। नगर प्रमुख गोपाल हमाले शनिबार आयोजना हुने साइकल र्‍यालीमा भाग लिन सार्वजनिक अपिल गरेका छन्। उनले घरमा भएको जस्तोसुकै साइकल ल्याएर बिहान ८ बजे ट्राफिक चौराहामा उपस्तिथि हुन अनुरोध गरेका छन्।

धनगढी चौराहबाट ठिक ८;३० साइकल र्‍याली सुरू हुने नगर प्रमुख हमालले बताएका छन्। उक्त र्‍याली धनगढी मुख्य सडक हुँदै गुरहीचोकबाट जेन्जी मार्गमा पुगेर समापन हुनेछ। नगर प्रमुख हमालले उक्त साइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन्।



शुक्रबार २९, कार्तिक २०८२ ०३:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal