२ हजार १८२ जनामा सिकलसेल स्क्रिनिङ, ३ सय ३१ जनामा

युग संवाददाता     33 पटक पढिएको    

२ हजार १८२ जनामा सिकलसेल स्क्रिनिङ, ३ सय ३१ जनामा

 

धनगढी  / जिल्लामा सिकलसेल रोगको जोखिम पहिचान र प्रारम्भिक निदानलाई प्रभावकारी बनाउने उद्देश्यले कैलालीमा व्यापक सिकलसेल स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले कात्तिक १६ गतेदेखि २७ गतेसम्म ६ स्थानीय तहमा गरी २ हजार १८२ जनाको सिकलसेल स्क्रिनिङ परीक्षण सम्पन्न गरेको छ। घोराघोरी स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत गरिएको उक्त अभियानले सिकलसेल–थालासेमिया सम्बन्धी प्रयोगशाला जाँच, निदान तथा व्यवस्थापनलाई स्थानीय स्तरमै मजबुत बनाउने लक्ष्य लिएको थियो। स्वास्थ्य कार्यालयका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार परीक्षण गरिएकामध्ये ३ सय ३१ जनामा ट्रेड नतिजा पाइएको छ । उनीहरूको नमुना थप पुष्टि परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए।

कुन स्थानीय तहमा कति जनाको स्क्रिनिङ


धामीका अनुसार अभियान अन्तर्गत विभिन्न स्थानीय तहमा गरिएको स्क्रिनिङ विवरण यस्तो छः

जानकी गाउँपालिका २९५ जना

जोशिपुर गाउँपालिका स् ४६३ जना

लम्कीचुहा नगरपालिका ३१२ जना

गौरीगंगा नगरपालिका स् २२२ जना

बर्दगोरिया गाउँपालिका  २७२ जना

भजनी नगरपालिका  ६१८ जना

यीमध्ये धेरैजसो विद्यालय उमेर समूहका किशोर–किशोरीलाई लक्षित गरी परीक्षण गरिएको धामीले बताए।

थारु बाहुल्यता क्षेत्र केन्द्रित स्क्रिनिङ

कार्यक्रम सिकलसेल जोखिम उच्च देखिएको क्षेत्र, यसअघि स्क्रिनिङ नभ्याइएका स्थान तथा थारु समुदाय बहुल बस्तीलाई विशेष रूपमा केन्द्रित गरिएको थियो। सिकलसेलका केस धेरै देखिने पालिकाहरूले छुट्टै बजेट राखेर कार्यक्रम सञ्चालन गर्दै आएका भए पनि, कम बजेट भएका स्थानीय तहमा समेत स्वास्थ्य कार्यालयले विशेष ध्यान दिएर स्क्रिनिङ विस्तार गरिएको उनले बताए।

जोखिम पहिचान र उपचार व्यवस्थापनमा सहयोग

सिकलसेल रोग पहिचान, समयमै उपचार र आवश्यक परामर्श उपलब्ध गराउन यो स्क्रिनिङ अभियानले महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य कार्यालयको भनाइ छ। ट्रेड नतिजा आएका व्यक्तिहरूको पुष्टि परीक्षणपछि उपचार तथा व्यवस्थापन प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। कैलालीमा सिकलसेल–थालासेमिया रोगको जोखिम उच्च देखिने भएकाले आगामी दिनमा पनि यस किसिमका लक्षित कार्यक्रम निरन्तर सञ्चालन गरिने धामीले बताए।



सोमबार ०२, मङि्सर २०८२ ०५:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal