राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनु अनिवार्य स्सहभागी
धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा आज साइकल र्याली निकालिएको छ । सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढीका लागि शनिवार धनगढीमा साइकल र्याली निकालिएको हो। धनगढीको चौराहबाट निकालिएको साइकल र्याली गुरहीचोक हुँदै जेन्जी मार्गमा पुगेर समापन भएको हो।
धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोदुवारा साइकल र्याली आयोजना गरिएको हो। साइकल र्यालीमा करिब तीन सय साइकल यात्रीको सहभागिता रहेको थियो।
साइकल र्यालीमा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामी, धनगढी उपमहानरपालिकाका नगरप्रमुख गोपाल हमाल, विश्विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी बालबालिका, र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो।
हाम्रो धनगढी, हामी बनाउँछौँ भन्ने उद्घोष तथा धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षीत बनाउनका लागि साइकल र्यालीको आयोजना गरिएको उपमहानरपालिकाले जनाएको छ।
साइकल र्यालीमा सहभागी हुन बालबालिका, जेष्ठ नागरिक र महिलासमेतको उपस्थित थियो। धनगढी ४ बस्ने कोपिला कुँवरले साइकल र्यालीमा सहभागी हुन पाउदा निकै खुशी भएको बताईन् । धनगढी उपमहानगरपालिकाले गरेको यो काम प्रति म निकै खुशी छु उनले भनिन् राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनुपर्ने अनिवार्य आबश्यक छ ।
र्यालीमा धेरै सहभागीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाइृ धन्यबाद दिए । उनले गरेका काम प्रति धेरै सहभागी खुशि देखिन्थे ।
वातावारण राम्रो बनाउन, अर्थतन्त्र र स्वास्थ्यका लागि पनि साइकल चढ्नु राम्रो हो।साइकल संस्कृतिले वर्ग विभेद हट्छ, सहभागीले भनेका थिए , वर्गीय असमानता हटाएर वर्गीय समानता कायम गर्दै राम्रो स्वास्थ्य र सफा वातावारणका लागि साइकल चढ्नु पर्छ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामीले आफूले नियमित साइकल चढ्ने गरेको बताए। उनले स्वास्थ्य र वातावरणका लागि साइकल यात्रालाई प्राथमिकता राख्नुपर्ने बताए।
यसैबीच, सरसफाइमैत्री शहर अभियानअन्तर्गत उपमहानगरले विद्यार्थीबीच “अबको धनगढी कस्तो हुनुपर्छ ” शीर्षकमा चित्रकला प्रतियोगितासमेत आयोजना गर्यो। विद्यार्थीहरूले भविष्यको धनगढीबारेको आफ्नो कल्पना रंग र रेखामार्फत प्रस्तुत गर्दै सरसफाइ, हरियाली, वातावरण, यातायात व्यवस्थापन तथा पूर्वाधार विकासजस्ता मुख्य विषय समेटे। यो गतिविधिले बालबालिका तथा किशोर–किशोरीमा जिम्मेवारीबोध, सकारात्मक सोच र भविष्य–केन्द्रित चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उपमहानगरको भनाइ छ।
प्रतिकृया दिनुहोस