धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् । एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् ।
टाइगर अभी जिन्दा हे भन्दै नेता भट्टले प्रतिनिधिसभा पुनस् स्थापना गर्दै मुलुकलाई निकास दिएर राष्ट्रियता जोगाउन संघर्ष गर्न एमाले पंक्ति जिउँदो रहेको उल्लेख गरे । “एमाले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार छ । एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे । एमाले अझै जिउँदो छ,” उनले भने, “राष्ट्रियताका निमित्त,सार्वभौगिकताका निमित्त, अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ । तयार हुनु पनि पर्छ । देशलाई बचाउनुपर्छ । तब मात्र विकास र समृद्धि आउँछ ।”
देशलाई स्वतन्त्र राख्ने कि कसैको अधिनमा पार्ने भन्ने अहिलेको मुख्य लडाइँ भएको उनले बताए । एमालेले देश स्वतन्त्र रहनुपर्छ भन्ने मान्यता राख्ने बताउँदै उनले राष्ट्रियताको पक्षमा एमाले दृढ भएर उभिएकै कारण प्रहार भइरहेको बताए । संविधानको व्याख्या गर्ने पूर्व प्रधान न्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउदै प्रधानमन्त्री बनेको बताए । भट्टले एमालेले संविधानलाई जिउँदो बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुनस् स्थापना माग गरिरहेको तर नेपाली जनताले ठूलो बलिदानबाट बनाएको संविधान गजेडीले फाल्ने कि राख्ने भनिरहेकोमा आक्रोश व्यक्त गरेका छन् ।
“यो संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु । निर्णय गर्न सकेको छैन् । एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएको संविधान मैले के गर्ने भन्छ रु” उनले भने, “यो संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ ।संशोधन गर्ने कि फाल्ने रु यो अधिकार कुनै नसेडीलाई होइन । जनतालाई छ ।” जेनजी पुस्ता हो कि आन्दोलन रु भदौ २३ र २४ को घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो रु छुट्याउन जरूरी रहेको बताए । एमालले भने त्यो घटना आन्दोलन नभएर प्रतिक्रान्तिका भएको बताइसकेको उनको भनाइ छ ।
शनिबारको प्रदर्शन सुरूवात मात्र भएको बताउँदै भट्टले संसद पुनस्स्थापना नभएसम्म चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम जारी राख्ने उनी बताउँछन् ।
धनगढी उपमहानगरपालिकाको अगाडि आयोजित सभालाई भट्ट अघि पार्टी पोलिट ब्युरो सदस्य एवंम कैलाली इन्चार्ज नारदमुनी राना र पोलिट ब्युरो सदस्य लिला भण्डारीले समेत सम्बोधन गरेका थिए । जनसभाको अध्यक्षता एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले गरेका थिए । उनीहरूले पनि संसद पुनस् स्थापनामा जोड दिएका थिए । त्यसअघि धनगढीको ट्राफिक चौराहदेखि पार्क मोड सम्म सांस्कृतिक झाकीसहित र्याली समेत निकालिएको थियो ।
एमालेले पार्टी केन्द्रको नीतिअनुसार सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाममा शनिबार एकसाथ प्रदर्शन गरेको थियो । सबै जिल्लामा सम्बन्धित भूगोलका नेताहरूले जनसभालाई सम्बोधन गरेका छन् ।
प्रतिकृया दिनुहोस