कैलालीका स्थानिय तहले गरे आगामी आर्थिक वर्ष २०८१ /२०८२ बजेट सार्वजनिक

युग संवाददाता     240 पटक पढिएको    

कैलालीका स्थानिय तहले गरे  आगामी  आर्थिक वर्ष २०८१ /२०८२ बजेट सार्वजनिक


सुनिल आउजी 
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड
 धनगढी असार    कैलालीका स्थानियतहले गरे आर्थिक वर्ष २०८१/ २०८२ बजेट सार्वजनिक गरेका छन् ।    
धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरसभाको बैठकमा उपप्रमुख कन्दकलाकुमारी रानाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाखको बजेट प्रस्तुत गरेकी हुन्।

बैठकले नगरप्रमुख गोपाल हमालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख रानाले प्रस्तुत गरेको बजेट पारित गरेको छ।
उपमहानगरले आगामी वर्षका लागि ल्याएको बजेट चालू वर्षको भन्दा २५ करोड ७४ लाख रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षका लागि चालूतर्फ एक अर्ब २० करोड १५ लाख र पुँजीगततर्फ ९८ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिएकी छिन्।
धनगढीको आन्तरिक आय ३६ करोड ७६ लाख रुपैयाँ हुने आकलन गरिएको छ। त्यस्तै, राजस्व बाँडफाँटबाट प्राप्त हुने ४८ करोड २९ लाख ४५ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त हुने एक अर्ब एक करोड ८७ लाख रुपैयाँ बजेटको स्रोतको रूपमा रहने उपमहानगरले जनाएको छ। 
त्यसैगरी अन्तरसरकारीतर्फ प्रदेशबाट आठ करोड २८ लाख रुपैयाँ प्राप्त हुने तथा चालू वर्षको २३ करोड २३ लाख रुपैयाँ बचत हुने अनुमान रहेको उपप्रमुख रानाले बताइन्।
युवालाई रोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने, एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमलाई निरन्तरता दिने, नगरभित्र अतिक्रमणमा परेका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गालगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने कार्यक्रम बजेटमा समावेश गरिएका छन्। 
नगर प्रहरीलाई साधनस्रोत उपलब्ध गराएर नगरवासीलाई आवश्यक पर्दा तत्काल खट्न सक्ने गरी ‘हरघडी, नगर प्रहरी’ को नीतिसहित परिचालन गरिने नीति उपमहानगरले लिएको छ। 
उपमहानगरले सामाजिक विकासतर्फ सबैभन्दा बढी एक अर्ब १५ करोड ७७ लाख र पूर्वाधार विकासतर्फ ६० करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख रानाले जानकारी दिइन्।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी यो प्रदेशको एक मात्र उपमहानगरपालिका हो। प्रदेशको प्रमुख व्यापारिक केन्द्र रहेको धनगढीमा बसाइँसराइको चाप बढ्दो छ।


घोडाघोडीको बजेट ९७ करोड ४४ लाख
त्यसैगरी  घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ नगर सभा तथा बजेट अधिवेशन बाट नीति कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो।
बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८१र८२ को ९७ करोड ४४ लाख ८७ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी छन्। सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १२ करोड रुपियाँ मात्र रहेको छ।
आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १८ करोड ३० लाख, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान ३ करोड ३५ लाख, ससर्त अनुदान ३९ करोड ३६ लाख र राजस्व बाँडफाँट १७ करोड ९५ लाख रुपैयाँ रहेको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड ७५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ५५ लाख, ससर्त अनुदान ५१ लाख ५५ हजार र राजस्व बाँडफाँट ६६ लाख ७४ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ।
चालु आर्थिक वर्षको भन्दा करिब तीन करोड बजेट घटेर आगामी वर्षको बजेट सार्वजनिक भएको छ। उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताइन्।
नगरप्रमुख खडक बहादुर रावतले आगामी वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नगरभित्रको कृषि, पशु, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, भौतिक विकास लगायत समग्र क्षेत्रलाई समेट्ने गरी तयार गरिएको नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।


बर्दगोरिया गाउँपालिकाको बजेट ८० करोड
त्यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ का लागि गाउँपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको हो।
गाउँ सभा अधिवेशन मार्फत उपाध्यक्ष गणेशराज गिरीले ८० करोड एक लाखको अनुमानित बजेट सार्वजनिक गरे
कुल बजेट मध्ये ३३ करोड ७६ लाख ११ हजार चालुतर्फ, २२ करोड ९६ लाख ५० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ। यस्तै २३ करोड ८१ लाख १९ हजार सामाजिक सुरक्षातर्फ विनियोजन गरिएको बजेट वक्तव्यमा भनिएको छ। पालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागी तीन करोड ३६ लाख ६० हजार आन्तरिक आय अनुमान गरेको छ।
यस्तै राजस्व बाँडफाँडबाट १२ करोड २२ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण ९सङ्घीय सरकार० बाट ३७ करोड २३ लाख ८१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण ९प्रदेश सरकार० बाट २ करोड ८० लाख २० हजार प्राप्त हुने उपाध्यक्ष गिरीद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। पालिकाको मौज्दात आल्या रकम २ करोड छ भने सामाजिक सुरक्षातर्फ २३ करोड ८१ लाख १९ हजार पालिकालाई प्राप्त हुने अनुमान गरिएको छ।
नयाँ आर्थिक वर्षमा पालिकाले सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट सुशासन तर्फ विनियोजन गरेको छ । कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत अर्थात् २७ करोड सामाजिक विकासतर्फ, कुल बजेटको २७ दशमलव ३७ प्रतिशत अर्थात् १५ करोड ५० लाख कार्यालय सञ्चालन तथा प्रशासनिक विनियोजन गरेको छ भने कुल बजेटको २१ दशमलव ३७ प्रतिशत अर्थात् १२ करोड १२ लाख ६१ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास तर्फ २ दशमलव ६४ प्रतिशत अर्थात् १ करोड ५० लाख र सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ दशमलव ०६ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ विनियोजन भएको छ।


कैलारी गाउँपालिका गाउँपालिकाले ७७ करोड २१ लाख
त्यसैगरी  कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाले ७७ करोड २१ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो। सोमबार भएको गाउँसभामा उपाध्यक्ष भगवतीकुमारी चौधरीले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन्। आयतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १३ करोड ८२ लाख, राजस्व बाँडफाँट १३ करोड छ लाख, सशर्त कार्यक्रम ३८ करोड ६४ लाख आठ हजार गरी कुल ६५ करोड ५२ लाख १८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २९ लाख ६० हजार, राजस्व बाँडफाँट ४५ लाख सात हजार, समपूरक अनुदान ९२ लाख, विशेष अनुदान ३० लाख रुपैयाँ गरेर कुल दुई करोड ९६ लाख ६७ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ।
यस्तै, गाउँपालिकाको आन्तरिक आम्दानी दुई करोड ६ लाख ५० हजार र चालु आर्थिक वर्षको बैंक मौज्दात ५० लाख रहने उपाध्यक्ष चौधरीले बताए। गाउँपालिकाले कार्यालय सञ्चालनका लागि ९ करोड ३७ लाख २१ हजार, समपूरक कोषका लागि ६ करोड, बाँकी भुक्तानीका लागि ८० लाख, भूमिगत व्यवस्थापनका लागि ३० लाख, डिपिआरका लागि २० लाख, खेलकुद कार्यक्रमका लागि ३२ लाख रुपियाँ विनियोजन गरिएको छ।


गोदावरी एक अर्ब २२ करोडको बजेट
त्यसैगरी कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
नगरउपप्रमुख शारदा रोकायाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। आर्थिक वर्ष २०८१÷८२ का लागि कुल एक अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट गोदावरी नगरपालिकाले सार्वजनिक गरेको हो।
संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा एक करोड ४० लाख, विशेष अनुदानमा चार करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड एक लाख ७९ हजार रहने अनुमान गरिएको छ
त्यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा एक करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा एक करोड पाँच लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने गरेर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगत नै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोत १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन कर ६ लाख ४० हजार, वन रोयल्टी १० लाख र बैंक मौज्दात ११ करोड रहने अनुमान गरेको छ। चालु आर्थिक वर्षका लागि एक अर्ब २२ करोड ९४ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो। चालु आर्थिक वर्षभन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ।


जोशीपुर गाउँपालिकाले ५५ करोड
त्यसैगरी जोशीपुर गाउँपालिकाले ५५ करोड तीन लाखको बजेट सार्वजनिक गरेको छ।
गाँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अध्यक्षतामा बसेको गाउँ सभा अधिवेशनमा उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ५५ करोड ३ लाख ११ हजार ५ रुपैयाको बजेट सार्वजनिक गरेकी हुन्।
संघीय वित्तीय समानिकरणबाट ११ करोड ६८ लाख, प्रदेश वित्तीय समानिकरणबाट एक करोड ७ लाख ४६ हजार, संघीय राजश्व बाँडफाँडबाट ९ करोड ६२ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २६ लाख २३ हजार, संघीय सशर्त अनुदान ९चालुबाट १७ करोड २५ लाख १० हजार ५ सय, संघीय सशर्त अनुदान पुँजीगत बाट ९ करोड ३६ लाख, प्रदेश सशर्त ९चालु० बाट १२ लाख ८५ हजार, प्रदेश सशर्त ९पुँजीगत० १ करोड ३० लाख, संघीय सरकारको विशेष अनुदान १ करोड २० लाख, प्रदेश सरकारको विशेष अनुदान ४५ लाख, प्रदेश समपूरक अनुदान १ करोड, आन्तरिक आय १ करोड ६९ लाख ४७ हजार गरेर कुल ५५ करोड ३ लाख ११ हजार ५ रुपैया बराबरको बजेट प्रस्तुत गरिको छ। 


गौरीगंगाको आगामी बजेट ९५ करोड ४५ लाख
त्यसैगरी  गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।
सोमबार नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरेका हुन्। कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी बजेट सार्वजनिक गरिएको छ।
उपप्रमुख बमले कुल ९५ करोड ४५ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पुँजीगत र चालु गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रवक्ता विष्णुप्रसाद भाटले बताएका छन्।
 



मङ्गलबार ११, असार २०८१ ०९:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal