काठमाण्डौः भोलि बस्ने प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न सर्वदलीय बैठक चलिरहेको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा भइरहेको सर्वदलीय बैठकको अध्यक्षता संसदका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका छन्।
सङ्घीय संसद् सचिवालयको आयोजनामा बसेको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी छन्। सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वापा० बाट ५, नेपाली कांग्रेस र नेकपा एमालेबाट २÷२ जना तथा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र श्रम संस्कृति पार्टी बाट १÷१ जना उपस्थित भएका छन् ।
यसैबीच फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावपछिको पहिलो संसद् अधिवेशन भोलि दिउँसो २ बजेदेखि शुरू हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
प्रतिनिधिसभाको बैठक सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ । १८ वर्षपछि सिंहदरबारमा नै अधिवेशन बस्न लागेको हो ।
झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपासहित प्रतिनिधिसभामा ६ वटा दल र १ स्वतन्त्र गरी २७५ सांसद छन् । यस अधिवेशनको मुख्य कार्यसूचीमा सभामुख र उपसभामुखको चुनाव रहनेछ । यी दुई पद फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
यो बजेट अधिवेशन हो । साथै यस अधिवेशनमा सङ्घीय निजामती ऐन, प्रहरी ऐन र विद्यालय शिक्षालगायत महत्त्वपूर्ण विधेयक पारित गर्ने दायित्व पनि संसद्सामु रहेको छ । संसद् सचिवालयले भौतिक, सुरक्षा र प्राविधिक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस