२०७९ असोज २१ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ जना पुगेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । यसअघि विभिन्न अस्पताल स्रोतले १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
सन्दीपको आफ्नो वकिललाई भेटेर आत्मसमर्पण गर्ने माग प्रहरीले अस्वीकार गरेको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।२०७९ असोज २० गते बिहिबार युग संवाददाता
नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन्। किशोरीलाई बलात्कार गरेको आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौं आइपुग्ने जनाएका हुन्।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सिरहाको नरहा गाउँपालिका-५ बाट नक्कली नेपाली रूपैयासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका उनको खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दसैँ मनाउनका लागि झण्डै ७० हजार नागरिक बाहिरिएका छन् । असोज १० गतेदेखि आइतबारसम्म उक्त सङ्ख्यामा नागरिक प्रदेश राजधानीबाट बाहिरिएका हुन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
दसैँ बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दसैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभ दिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
सिरहाको नरहा गाउँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझी आमा र काकाको हत्या आरोपमा पक्राउ परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ२०७९ असोज १५ गते शनिबार युग संवाददाता
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ ।