धनगढी उप महानगरपालिकाबाट लागूऔषधसहित चार जना पक्राउ

युग संवाददाता     306 पटक पढिएको    

धनगढी उप महानगरपालिकाबाट लागूऔषधसहित चार जना पक्राउ


धनगढी ।कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट ७५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाँउका २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बर्दगोरिया गाउँपालिका– १ झगडपुरबाट १ ग्राम ६५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २८ वर्षीय अनिल विक र २७ वर्षीय सन्तोष विकलाई पनि बिहीवार प्रहरीले पक्राउ गरेको हो।यस्तै टीकापुर नगरपालिका(९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका(८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले साँउदको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



शुक्रबार २६, माघ २०८० ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal