कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट

युग संवाददाता     162 पटक पढिएको    

कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट

 

कञ्चनपुर  /  कञ्चनपुरमा अबैध ब्रोईलर कुखुरा बरामद गरि नष्ट गरिएको छ। कञ्चनपुरको बेलडाँडी–३ बलराम टोल क्षेत्रबाट अबैध रूपमा भन्सार छलि गरि भारतबाट ल्याईएका अबैध ब्रोईलर कुखुरा बरामद गरी ईलाका प्रहरी कार्यालय बेलडाँले नष्ट गरेको हो।

शुक्रबार राति ११ बजेतिरको समयमा प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी गस्तिले भारतबाट भन्सार छलि गरि ल्याईएका ३२ पिस अबैध बेवारिसे बाईलर कुखुरा बरामद गरेको थियो ।आज ईलाका प्रहरी कार्यालयको परिसरमा जनप्रतिनिधि र सरोकारवालाको उपस्थितिमा नष्ट गरिएको ईला प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरक्षक पुष्कर पन्तले बताए ।


उनले भने ञ३२ पिस बेवारिसे अन्दाजि ७० केजि अबैध कुखुरा बरामद गर्यो, सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण कार्य अन्तरगत बेलडाँडीमा कडाई समेत गरेको उनले बताए । आफू काजमा आएको एक हप्ता जति भएको बताउँदै एरिया खुला सिमा नाका संग जाडिएकाले प्रहरी जनशक्तिले भ्याए जति आफ्नो एरियामा सुरक्षा व्यवस्थामा कडाई गरेको बताएका छन् ।



आइतबार २६, चैत २०७९ ०२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.