कोल्टीमा जीप दुर्घटना ७ जना घाइते

युग संवाददाता     326 पटक पढिएको    

कोल्टीमा जीप दुर्घटना ७ जना घाइते

 बाजुरा। बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बाजुराको कोल्टी बाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको जीप बुढीनन्दा नगरपालिका एक कोल्टीको तल्लो बजारमा दुर्घटनामा परेको हो। ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको जीप ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

घाइते हुनेमा हिमाली गाउँपालिका ३ का वर्ष १६ वर्षका कार्चेन गुरुङ , वर्ष ११ का पासाङ गुरुङ, वर्ष ६७ का दावा सान्पाङ्ग ,हिमाली सातका २२ वर्षका योग्य राज उपाध्याय खत्याड गाउँपालिका ११ का वर्ष ७० कि रामदेवी शाही ,वर्ष २६ का परु शाही र गाडी चालक हेमराज तिमिल्सिना रहेका छन् । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



शुक्रबार १७, चैत २०७९ १२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal