नाबालिक बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ

युग संवाददाता     304 पटक पढिएको    

नाबालिक बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ


धनगढी। धनगढीमा नाबालिक बलात्कार आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका ५० वर्षीय भारतीय नागरिक रिजवान खानलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले चैत्र १० गते ७ वर्षकी एक नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको जनाएको छ। भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका खानले बालिकालाई बिस्कुटको प्रलोभन देखाई आफ्नै डेरामा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ। पक्राउ परेका खानलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले जनाएको छ।



बुधबार १५, चैत २०७९ ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal