सबै भन्दा बढी गरीब सुदुरपश्चिममा नेपालको गरीबी दर २०.२७ प्रतिशतमा

युग संवाददाता     306 पटक पढिएको    

सबै भन्दा बढी गरीब सुदुरपश्चिममा  नेपालको गरीबी दर २०.२७ प्रतिशतमा
फायल फोटो

 

काठमाडौँ। नेपालमा गरीबीको दर २०।२७ प्रतिशतमा ओर्लिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्यांक सार्वजनिक गर्दै गरीबी दर घटेको बताएको हो। तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ ले गरीबी दर २५/२ प्रतिशत रहेको देखाएको थियो।

नयाँ तथ्यांक अनुसार पाँचमध्ये एक नेपाली गरीबीमा रहेको देखिएको छ। प्रदेशका आधारमा सबैभन्दा कम गरीबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ। त्यस्तै, शहर र गाउँको तुलनामा काठमाडौंमा सबैभन्दा कम गरीब रहेको देखिएको छ। काठमाडौंमा सात प्रतिशत र सुदूरपश्चिमका गाउँमा ४० प्रतिशत गरीब छन्

सर्वेक्षणका अनुसार धनी र गरीबबीचको असमानता नाप्ने जिनी सूचक ०/३० पुगेको छ। यसले असमानता केही घटेको देखाएको हो। तेस्रो जीवनस्तर सर्वेक्षणले जिनी सूचक ०/३३ देखाएको थियो। जिनी सूचक शून्य हुँदा समान अवस्था बुझिन्छ भने जिनी एक हुनु भनेको असमानता चरम अवस्थामा पुग्नु हो। सर्वेक्षणले दुई प्रतिशत परिवारसँग कार र चारमध्ये एक जनासँग मोटरसाइकल रहेको देखाएको छ।



मङ्गलबार ०१, फागुन २०८० ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal