माननीयज्यू  कुमार पौडेलको विगत हेरौं  आइजीपी खनाल आफन्तले बुझेर सदगत गरिसके, यदाकदा यस्ता घटना हुन्छन

Yugnepal     1314 पटक पढिएको    

माननीयज्यू  कुमार पौडेलको विगत हेरौं  आइजीपी खनाल आफन्तले बुझेर सदगत गरिसके, यदाकदा यस्ता घटना हुन्छन


 काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् ।

विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि प्रहरीले हातहतियारसहित पक्राउ गरेका घटना धेरै भएता पनि दुईवटा घटनामा मात्रै प्रश्न उठेको खनालले बताए ।

सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका आएजीपी खनालले यसबारे गृहमन्त्री रामहादुर थापा ९बादल०को भनाइमा आफ्नो समर्थन रहेको बताए ।


यो पनि पढ्नुहोस
कुमार पौडेल मुठभेडमै मारिएका हुन् स् गृहमन्त्री थापा
मृतक पौडेल सज्जन व्यक्ति थिए कि कस्ता थिए भन्नेबारे आफैं परिभाषा गर्न सांसदहरुलाई आग्रह गर्दै आइजीपी खनालले मृतकको विगत कस्तो थियो भनेर हेर्न सुझाए । साथै खनालले पौडेलमाथि लागेका विभिन्न अभियोगहरुको फेहरिस्थसमेत प्रस्तुत गर्दै उनीमाथिको प्रहरी कारवाही उचित रहेको स्पष्टीकरण दिए ।

संसदीय समितिमा आइजीपी खनालले दिएको करिब ९ मिनेटको जवाफको सम्पादित अंश स्

माननीयज्यूहरुले उठाउनुभएका धेरै कुराहरुमा माननीय गृहमन्त्रीज्यूबाट प्रष्ट भइसकेको छ । त्यसमै नदोहोर्‍याइकन राख्छु । उनी सज्जन र के भन्ने कुराहरु त आए, यसको परिभाषा त आफैंले निकाल्ने हो । सज्जन हो हैन भन्ने कुरामा म जान्न । खाली उहाँ गतिविधि राख्न चाहन्छु ।

– ०७२ सालका सर्लाही जिल्लाको सागरनाथ र परवानीपुर सामुदायिक वनबाट बाटो मासी अबैधरुपमा काठ बेचबिखन गरेको अभियोगमा जिल्ला वन कार्यालयमा मुद्दा चलेको । सागरनाथ वन विकास परियोजनाको नाममा सर्लाहीमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ने व्यक्तिहरुको नेतृत्व गर्दै आएको ।

– विशेषतः सिन्धुली र सर्लाहीमा बसोबास गर्ने केही व्यक्तिहरुलाई उक्त सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, प्रेरित गर्ने र उक्त स्थानमा ल्याई बसोबास गराउने । अतिक्रमित जग्गाको लालपूर्जा वितरण गराइदिन्छु भनी झूठो आश्वासन दिई सम्बन्धित व्यक्तिहरुबाट आर्थिक लाभ लिनुका साथै अराजक गतिविधिहरु सञ्चालन गर्न समर्थन र सहयोग गर्दै आएको ।


यो पनि पढ्नुहोस
गृहमन्त्रीलाई जनार्दनको प्रश्न( कुमार पौडेलको हात ६(७ ठाउँमा कसरी भाँचियो रु
– विप्लव समूहमा प्रवेश गरेपश्चात अर्धभूमिगत बनेर र उक्त समूह प्रतिवन्धित भएपश्चात पूर्णभूमिगत रुपमा पछिल्ला महिनाहरुमा जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी जनप्रतिनिधि र सर्वसाधारण जनतालाई आर्थिक शोषण गर्ने र आतंकित बनाउने कार्यलाई तीव्रता दिएको ।

– धेरै मोबाइल सिमहरु प्रयोग गर्ने र फरक(फरक सीमबाट फोन गरी चन्दाका लागि दबाव दिने । चन्दा नदिए भौतिक कारवाही गर्ने, मार्नेसम्मको धम्की दिने । चन्दा नदिएसम्म पटक(पटक, फरक स्थानबाट फोनबाट धम्की दिइरहने । चन्दाको रकम संकलन गरी बुझाउन अन्य व्यक्तिहरुको प्रयोग गर्ने ।

(जनप्रतिनिधिहरु, विशेष गरी गाउँपालिकाका र नगरपालिकाका मेयर, वडाध्यक्षहरुसँग कम्तिमा १० लाख रुपैयाँ चन्दा नदिएमा भौतिक कारवाही गर्ने चेतावनी दिएको । जनप्रतिनिधिहरुलाई चन्दा नदिएका कारण वा तोकेभन्दा कम दिएको कारण सफाया गर्ने विज्ञप्ति जारी गर्ने र सामाजिक सञ्जालमार्फत् चेतावनी दिने गरेको ।

(समाजमा आतंक सिर्जना गर्ने, आफ्नो उपस्थिति देखाउन चन्दा दिन बाध्य पार्ने, विभिन्न स्थानहरुमा बम विस्फोट गराउने, नगरपालिका र अन्य सार्वजनिक स्थानमा शक्तिशाली बम प्लान्ट गर्ने कार्यमा समेत निज सक्रिय रहेको ।

कुमार पौडेल विरुद्ध जिल्ला प्रहरी कार्यालय र मातहतमा परेको मुद्दाहरु यहाँहरुसमक्ष राख्न चाहन्छु ।

(मिति ०७३र४र७ गते राति अञ्दाजी १ः४५ बजेको समयमा जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० स्थित जाहेरवालाको लु २ त ६६१९ नम्बरको ट्याक्टरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

(विस्फोटक पदार्थ तथा संगठित अपराधमा मिति २०७४र२र११ गते बिहान अञ्दाजी ७ः२० बजेको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नं ३ स्थित सारनाथ वन विकास परियोजनाको कम्पाउण्ड नजिक प्रतिवादी कुमार पौडेलसमेत पाइप बम राखेको अवस्थामा बम फेला परेको छ ।

(विस्फोटक पदार्थमा २०७४र१२ र१७ गते अञ्दाजी १२ बजेको समयमा जिल्ला सर्लाही सो नगरपालिका वडा नम्बर ४ मा रहेको सागरनाथ वन विकास परियोजनामा प्रतिवादी कुमार पौडेल समेतले कुकर बम विस्फोट गराई भवनमा क्षती पुर्‍याएको ।


यो पनि पढ्नुहोस
कुमार पौडेल मृत्यु प्रकरण स् एक साताभित्र छानविन प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
– २०७५र३र२९ गते अञ्दाजी बिहान ८ः३० बजेको समयमा जिल्ला सर्लाही, वागमती नगरपालिका वडा नम्बर १० मा परियोजनाको अतिक्रमण ६ सय क्षेत्रफलमा वृक्षारोपण कार्य सञ्चालन गर्दा उक्त वृक्षारोपण कार्य विफल बनाउन जनमानसमा डर त्रास फैलाउने उद्देश्यले सोही स्थानमा प्रतिवादी कुमार पौडेल समेतले प्रेसर कुकर बम पड्काएको ।

– २०७५र१२र२६ गते राति अञ्दाजी ४ बजेको समयमा जिल्ला सर्लाही हरिवनपुर नगरपालिका वडानम्बर ८ स्थित एनसेलको टावरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

– २०७६्रर१र२३ गते विहान रातिको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नम्बर ४ स्थित वागमती खोलाको किनारमा सविन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको बा १ क ७८४७ नम्बरको स्काभेटरमा प्रतिवादी कुमार पौडेल समेतले आगो लगाई जलाई क्षति पुर्‍याएको ।

माननीय सभापतिज्यू, माननीय गृहमन्त्रीज्यूले भनेका कुराहरु बाहेक म केही छुटपुट र विगतका क्रियाकलापहरु राख्छु ।

यो दुईरतीन महिनादेखि त्यहाँ जनमानस अति नै आतंकित भएको थियो । प्रहरी प्रशासनले के हेर्दैछ भन्ने सन्दर्भमा हामीले क्रियाशीलता लगाएकै थियौं । यही सन्दर्भमा भएका कुराहरु हो ।

अब यसमा माननीय सदस्यज्यूहरुलाई के स्मरण गराउन चाहन्छु भने हामीले यस्तो परिस्थिति नआइकन अथवा यस्तो परिस्थिति उत्पन्न नभइकन यस्ता घटना भएका छैनन् । यो कुरा माननीय सदस्यज्यूहरुलाई निवदेन गर्न चाहें ।

जस्तो( हामीसँग धेरै छन् । हामीले समातेका छौं । सुनसरीमा हतियार समातेका छौं । एलएमजी, एम(१६, अमेरिकन एक नाल राइफल समात्या छ । तर, त्यहाँ भिडन्तको स्थिति भएन । भाग्दै जाने क्रममा नै ट्राफिक प्रहरी समेत भागाभाग दौडादौड गरेर समातेको अवस्था छ । जहाँ कि यस्तो हतियारहरुसमेत बरामद भएको छ ।

यो पनि पढ्नुहोस
प्रहरी भन्छ( कुमार पौडेल ‘भिडन्त’मा मारिए, विप्लव समूह भन्छ( बाटो ढुकेर हत्या १
यो इन्टेन्सनले गर्ने कुराहरु होइन माननीय सदस्यज्यूहरु । त्यहाँ चाहिँ समात्दाखेरि केही भएको भए जवाफी कुरा आउँछ । स्थिति अर्कै आउन सक्थ्यो तर त्यसलाई नियन्त्रण गरियो, दौडादौड अवस्थामा पनि छ । संखुवासभामा त्यसरी नै हतियार बरामद भएको छ । पेस्तोलसहित पक्राउ परेको छ ।

यसमा मैले खाली के हो भने पक्राउ परेका धेरै घटना छन्, जहाँ हतियारसहित उहाँहरुले अगाडि बढाएको विध्वंशात्मक क्रियाकलापहरु अगाडि बढाएको अवस्था छ । यो लगायत संखुवाभामा नै अर्को भएको छ, जुन ठाउँमा सुरेन्द्र राई समेतबाट थ्रीनटथ्री राइफलसमेत बरामद भएको अवस्थाहरु छ । त्यसमा १४ गोली, कसैमा २५ गोलीसमेत भएको छ ।

यहाँ मैले यो कुरा राख्नुको अर्थ के हो भने हामीले अहिले चलाएको अथवा गरिरहेको क्रियाकलापमा धेरै विध्वंशमा लाग्नेहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ, जुन कानुनसम्मत गर्नुपर्छ भन्ने नै हो ।

त्यसमा प्रतिबन्धित भएको अवस्थामा पनि ६४० जनालाई पक्राऊ र नियन्त्रणमा लेराएर कानूनी दायरामा ल्याएको अवस्था छ । तर, यदाकदा घटनाहरु यसरी आइदिन्छन्, जहाँ स्थितिले दबावपूर्ण अवस्था आउँदाखेरि प्रतिरोध र प्रतिकारको अवस्था सिर्जना हुन्छ । त्यसमा पनि अहिले भन्नुपर्दा जम्मा दुईवटा घटनाको मात्र, विशेषतः आजको सम्मानित सदनमा एउटै घटनाको विषय जुन आयो, यसमा त्यो कारणले नै उब्जाएको हो ।

यसमा अर्को, संखुवासभाका हामीले हतियार बरामद गरिराखेका छौं । यो सबै घटनामा प्रहरी प्रशासन यो अवस्था हो त रु भन्दा होइन । माननीय सदस्यज्यूहरुलाई मैले राख्न चाहेको । संखुवासभामा धेरै नै छ‘। ।

वीचैमा सभापति शशी श्रेष्ठको रुलिङ( सर्लाहीमै केन्द्रित हौं न । सर्लाहीमै केन्द्रित हौं ।०

सर्लाहीको विषयमा मैले अघि भनें । यी घटनामा पनि माननीय मन्त्रीज्यूबाट जुन कुराहरु आएका छन्, त्यसैमा समर्थन गर्दै विशेष छुट भएका विषयहरु चाहिँ मैले यहाँहरु समक्ष निवेदन गरें ।

र, जुन शंकास्पदरुपमा एउटा अर्कोलाई पनि गोली लागेको भन्ने कुरालाई चाहिँ सर्च गरिया छ । हस्पिटलहरुमा पनि गएर सर्च गरिया छ । यो कुराहरु उहाँका आफन्तजनले पनि सबै बुझेर सदगत गरिसकेको अवस्था हो भन्दै मेरो आफ्ना कुराहरु प्रस्तुत गरें । धन्यवाद ।


 



सोमबार ०९, असार २०७६ ०३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.