एक महिना नपुग्दै इटहरीका मेयरले ३ पटक माफी मागे

Yugnepal     814 पटक पढिएको    

एक महिना नपुग्दै इटहरीका मेयरले ३ पटक माफी मागे

एक महिना नपुग्दै इटहरीका मेयरले ३ पटक माफी मागे 
 
इटहरी– भनिन्छ, मानिसले गल्ती गर्नु स्वाभाविक हो तर त्यसलाई पटकपटक दोहोर्‍याउनु चाहिँ मुर्खता हो।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भने बारम्बार गल्ती दोहोर्‍याउँदै आलोचित बनिरहेका छन्। गल्ती गर्दै माफी माग्ने क्रममा उनले एक महिनाभित्रमा ३ पटकसम्म माफी मागिसकेका छन्।

गत जेठ ८ गते प्रश्न सोध्ने क्रममा पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीमाथि मेयर चौधरीले दुर्व्यवहार गरे। पत्रकार बहावलाई लोपारेको भिडियो त्यसबेला भाइरल बनेको थियो। पत्रकारमाथिको हातपातपछि इटहरी छोडेर उनी बाहिर गएका थिए। उक्त घटनापछि सामाजिक सञ्जालमा मात्र होइन उनको पार्टी नेकपाका नेतारकार्यकर्ताले समेत त्यसको विरोध गरे। पत्रकार महासंघले नै आपत्ति जनाएपछि चौधरीले विज्ञप्ति जारी गरेर माफी मागे। आफूले गल्ती गरेको स्विकार गर्दै उनले प्रेस स्वतन्त्रताप्रति सदैव सम्मान रहेको बताएका थिए।

त्यसको दुई हप्ता पनि बित्न नपाउँदै अर्का पत्रकार विराट अनुपममाथि खनिए मेयर चौधरी। उनलाई त नाकको हड्डी भाँचिदिने र त्यसका लागि एक करोड र घडेरी नै छुट्याएको भन्दै धम्की दिए। ुआफ्नो ज्यानको सुरक्षा गर, सुपारी दिएर मान्छे परिचालन गरिसकेको छुु भन्ने धम्कीलाई लिएर पुनस् चौधरीको विरोध भयो। त्यसबेला उनी काठमाडौंमा थिए। विभिन्न अनलाइन र टिभीमा अन्तर्वार्ता दिएका उनले पत्रकार अनुपमको नामै किटेर कालोमोसो दलेर घुमाउने धम्की पनि दिए।

केही दिनपछि इटहरी फर्किएका उनले धम्की दिएको ठिक ५ दिनपछि आफूले गलत मनसायले नभनेको भन्दै पुनस् गल्ती स्वीकार गर्दै विज्ञप्ति जारी गरे। सो विज्ञप्तिमा पनि उनले पत्ररकार जगतको सहयोगबिना इटहरीको विकास असम्भव हुने दोहोर्‍याएका छन्। आफू सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ थियो।

एउटा जिम्मेवार जनप्रतिनिधि जस्तो व्यक्तिले सार्वजनिक रुपमै माफी मागिसकेपछि बाहिरबाट हेर्दा घटना मत्थर हुँदै थियो। तर चौधरीको अराजक व्यवहार र दम्भ रोकिने छाँट देखिएन। बारम्बार पत्रकारहरुप्रति नकारात्मक टिप्पणी गर्नमै व्यस्त रहे। भ्रष्टाचारविरुद्ध कदम चालेको भन्दै इटहरीमा उनको ुजयजयकारु भयो। कतिसम्म भने केही व्यक्तिले उनलाई नागरिक अभिनन्दन गर्ने निर्णय गरे। असार २ गते मेयर चौधरीको नागरिक अभिनन्दन पनि भयो।

सोही दिन इटहरी १६ लविपुरस्थित एक होटलमा स्कुल ड्रेसमै १४ वर्षीया बालिका यौनकर्मीको रुपमा भेटिइन्। स्थानीयले प्रहरीलाई खबर गरी बालिकालाई जिम्मा लगाइदिए। 

त्यसको दुई दिनपछि असार ४ गते १६ र १७ नम्बर वडा कार्यालयले सामाजिक विकृतिविरुद्ध कार्यक्रम आयोजना गरेको थियो, प्रमुख अतिथि थिए उनै चौधरी। निर्धारित समयभन्दा केही ढिला आएका उनी सुरुदेखि नै हतारको भावमा देखिन्थे।

जब उनले भाषण सुरु गरे, महिलालाई अपमान हुने शब्द ुर।।८।।डीु बारम्बार प्रयोग गरिरहे। कार्यक्रमको उद्देश्य विकृतिविरुद्ध भए पनि उनले विकृतिलाई प्रोत्साहित गर्ने खालको भाषण गरेको कार्यक्रममा उपस्थित सहभागी बताउँछन्।

उनले एउटै शब्द ३० पटकसम्म भनिरहे र अन्त्यमा पनि सोही शब्दावलीबाट सम्बोधनको विसर्जन गरे। 

कार्यक्रमबाट बाहिरिने क्रममा केही महिलामाझ उनले सोही शब्द उचारण गर्दै महिलाहरुको अपमान गरेका थिए।

उनी भाषण सकेर घर नपुग्दै उनको उक्त भिडियो भाइरल भयो। भ्रष्टाचारविरोधी कहलिएका मेयरको आलोचना सुरु भयो। इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी मेयर चौधरीको अभिव्यक्तिले सम्पूर्ण महिलाको शिर ठाडो नहुने अवस्था सिर्जना भएको बतायो। उक्त अभिव्यक्तिले महिलाहरुको अस्मितामा नै आँच आएको सञ्जालको ठहर थियो।

सर्वत्र अलोचना बढ्दै गएपछि असार ६ गते चौधरीले विज्ञप्ति निकाल्दै माफी मागे। असार ४ गतेको कार्यक्रममा आफूले  बोलेको केही शब्द आपत्तिजनक रहेकाले देशविदेशमा भएका महिलाहरुमा चोट पुग्न गएको भन्दै उनले क्षमायाचना गरेका छन्। आफ्नो मनसाय गलत नभए पनि  शब्द गलत भएको उनले स्वीकार गरेका छन्। 

प्रदेश १ की नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले भने पहिले पत्रकारमाथि गुण्डागर्दीमा उत्रिने मेयरलाई पार्टीले बेवास्ता गरेकाले नै यस्तो घटना भएको बताएकी छन्। प्रदेश १ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले मेयरको अभिव्यक्तिले सम्पूर्ण महिलाहरुको चरित्र हत्या भएको बताइन्।  एउटै शब्द २९ चोटि दोहोर्‍याउनुभएको छ। त्यो शब्द म उच्चारण गर्न सक्दिनँ, उनले भनिन्, ुनेकपाले डामेर छाडेको साँढेको रुपमा मेयरलाई हामीले देखिसकेका छौं।



शनिबार ०७, असार २०७६ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.